२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका र इजिप्टका राष्ट्रपतिबीच गाजा युद्धविरामबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गाजा युद्धविरामबारे टेलिफोन वार्ता भएको छ। जसमा दुई देश र कतारको मध्यस्थतामा गाजा पट्टीमा जारी इजरायल–हमास युद्धविराममा सकारात्मक छलफल भएको इजिप्टको राष्ट्रपति कार्यालयले जनाएको छ। 

छलफलले दुई राष्ट्रपतिबीच सकारात्मक छलफललाई बढावा दिएको छ। जसले युद्धविराम सम्झौताको पहिलो र दोस्रो चरणको कार्यान्वयनलाई अगाडि बढाउने र गाजा पट्टीमा युद्धविरामको स्थिरता सुनिश्चित गर्ने महत्वलाई जोड दिएको छ। दुई नेताहरूले गाजाका बासिन्दाहरूलाई मानवीय सहायता र राहतको वितरण बढाउने तत्काल आवश्यकतालाई पनि सम्बोधन गरेका छन्।

छलफलमा इजिप्टका राष्ट्रपतिले उक्त क्षेत्रमा स्थायी समाधानको लागि अनुकुल शान्ति प्रक्रिया शुरु गर्ने महत्वपूर्ण आवश्यकतामा जोड दिए। अल–सिसी र ट्रम्पले निकट भविष्यमा आधिकारिक भ्रमणका लागि निमन्त्रणा पनि आदानप्रदान गरेका छन्। सिन्ह्वा

प्रकाशित: २१ माघ २०८१ ११:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App