९ माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एआईमा पाँच खर्ब अमेरिकी डलर लगानी गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई बढाउन पाँच खर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । यो लगानीबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने ट्रम्पको घोषणामा उल्लेख छ ।

यो लगानी आगामी पाँच वर्ष प्रविधि क्षेत्रका ठुला कम्पनीहरू ओरेकल, ओपन एआई र सफ्ट बैंक गर्नेछन् । यसका लागि ट्रम्पले नयाँ एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन् । 

ओरेकलका एक वरिष्ठ अधिकारी एलिसनका अनुसार यो योजना कार्यान्वयनका लागि टेक्सासमा डाटा सेन्टर बनाउने काम पहिलेदेखि सुरु भइसकेको छ। जहाँ १० व्यावसायिक भवन निर्माणाधीन छन् । अझै २० भवन निर्माण हुने उनले बताए । 

ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले वर्तमान समयका लागि यो परियोजना निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘यो परियोजना ट्रम्पबिना सम्भव पनि छैन ।’ 

सफ्ट बैंक कम्पनीका अधिकारी मैसायोसी सोनले ट्रम्पको भनाई दोहोर्‍याउँदै भने,‘यो अमेरिकाको स्वर्णिम कालको सुरुवात हो।’ 

बिबिसीबाट

प्रकाशित: ९ माघ २०८१ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App