२ माघ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भूकम्पले तिब्बतमा १२६ को मृत्यु

मंगलबार सबेरै नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पले चीनमा मंगलबार रातिसम्म कम्तीमा एक सय २६ जनाको मृत्यु भएको छ भने एक सय ८८ भन्दा बढी घाइते भएका छन्। 

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार चीनको जिजाङ प्रान्तको सिगात्सेस्थित दिंग्री गाउँमा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण एक हजार घर क्षतिग्रस्त भएको बताइएको छ। चिनियाँ राष्ट्रपति सी चिङ फिङले थप क्षति हुन नदिन बृहत् उद्धार कार्य गरिने बताएका छन्। 

भूकम्प प्रभावित क्षेत्रमा ३४ सय उद्धारकर्ता र ३४० स्वास्थ्यकर्मी पठाइएको छ। अत्यधिक चिसो मौसम रहेको उक्त उच्च हिमाली क्षेत्रमा उद्धार सामग्री पठाइएको छ। दिंग्री गाउँमा जनसंख्या ६१ हजार र बसोबास क्षेत्रको सरदर उचाइ ४५ सय मिटर रहेको सिन्ह्वाले जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको म्याग्निच्युड ७.१ रेक्टर स्केल थियो। 

नेपालमा बिहान ६ः५० बजे उक्त शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको थियो। राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार तिब्बत केन्द्र रहेको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निच्युड थियो। नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।

प्रकाशित: २४ पुस २०८१ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App