११ माघ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दशककै सबैभन्दा खराब हिमपातको डरले काँपिरहेको अमेरिका

अमेरिका यस दशककै सबैभन्दा भीषण हिमपातको डरसँगै तयारीमा जुटेको छ। 

मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने जनाएसँगै प्रशासनले पूर्वतयारी सुरु गरेको बीबीसीले लेखेको छ। नेशनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएर आगामी केही दिनमा पूर्वतिर सर्नेछ। 

मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा डरलाग्दो चिसो हुने चेतावनी दिइएको छ। मौसमविद्हरूका अनुसार ध्रुवीय भोर्टेक्स (आर्कटिक वरपर घुम्ने चिसो हावाको क्षेत्र) खराब मौसमको कारण हिमपात हुन लागेको हो। 

एक्यूवेदरका पूर्वानुमानकर्ता डेप्याडविनले भने, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने अपेक्षा गरिएको छ।’  मौसम विभागका अनुसार आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि अस्तव्यस्त हुने डर छ। 

सिएनएनका अनुसार, अमेरिकाको एक हजार तीन सय माइल क्षेत्रफलमा भारी हिमपात हुनेछ। शनिबार दिउँसोदेखि सोमबारसम्म जारी रहने मौसम परिवर्तनले छ करोड भन्दा धेरै मानिस प्रभावित हुनेछन्। भारी हिमपातले अमेरिकाका कम्तिमा एक दर्जन राज्यहरूमा बिजुली कटौतीसहितका समस्या देखिन सक्छन्।

तस्विरः सिएनएन

प्रकाशित: २१ पुस २०८१ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App