११ माघ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानको दाबी : मलाई ३ वर्षका लागि देश छोड्ने प्रस्ताव आएको थियो

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले ठूलो दाबी गरेका छन्। उनले तीन वर्षको निर्वासनमा देश छोड्ने मौका दिइएको बताए। तर उनले प्रस्ताव अस्वीकार गरेको पनि खुलाए।

पूर्व क्रिकेटर खान (७२)ले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको पोस्टमा भने, ‘जब म अटक जेलमा थिएँ, मलाई तीन वर्षको निर्वासनमा देश छोड्ने प्रस्ताव आएको थियो, तर म पाकिस्तानमै रहेँ बाँचे पनि मरे पनि।'

रावलपिंडीको अडियाला जेलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खानले भनेका थिए,'मलाई इस्लामावादको बानी गाला निवासमा स्थानान्तरण गर्न "अप्रत्यक्ष रूपमा सम्पर्क" गरिएको छ।' पूर्वप्रधानमन्त्री सन् २०२३ अगस्टदेखि अडियाला जेलमा बन्दी छन्। यद्यपि खानले सामाजिक सञ्जाल 'एक्स' मा एक पोस्ट गर्दै आफूले प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन्।

उनले भने, ‘मेरो अडान स्पष्ट छ– पहिले मेरा थुनामा रहेका कार्यकर्ता र नेताहरूलाई रिहा गर। त्यसपछि मात्र म आफ्नो व्यक्तिगत अवस्थाबारे छलफल गर्नेछु।' पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का संस्थापकले पाकिस्तानको बारेमा निर्णय देशभित्रै लिनुपर्नेमा आफू विश्वस्त रहेको बताए। एजेन्सी

प्रकाशित: २१ पुस २०८१ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App