४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मारिए

इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएका छन्। मध्य बेरुतमा रहेको एउटा भवनलाई लक्षित गरी भएको आक्रमणमा उनी मारिएको अल जजीराले जनाएको छ।

अधिकारीहरूका अनुसार भवनलाई चेतावनी बिना नै निशाना बनाइएको थियो। यसलाई इजरायली नीतिको निरन्तरता मानिएको छ।

हिजबुल्लाहको सैन्य शाखालाई मात्र नभएर संगठनको प्रशासनिक पक्षलाई पनि इजरायलले निशाना बनाइरहेको देखिन्छ। उसले हिजबुल्लाहको आर्थिक, सामाजिक, राजनीतिक र सैन्य क्षमता ध्वस्त पार्न खोजिरहेको छ।

इजरायली हमलामा मारिएका अफिफ हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहका लामो समयसम्म सञ्चार सल्लाहकार थिए। सेप्टेम्बरमा भएको इजरायली हवाई आक्रमणमा नसरल्लाह मारिएका थिए।

अफिफ त्यसअघि धेरै वर्षसम्म हिजबुल्लाहको अल–मनार टेलिभिजन व्यवस्थापनको जिम्मेवारीमा थिए।

प्रकाशित: ३ मंसिर २०८१ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App