१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा इजरायली हमलाः३० प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनी स्रोतकाअनुसार शुक्रवार गाजापट्टीमा इजरायली हवाई र तोपखानाको आक्रमणमा ३० जनाको मृत्यु भएको छ।

इजरायली सेनाले स्ट्रिपका विभिन्न क्षेत्रहरूमा विशेष गरी मध्य गाजामा रहेको नुसेरात शरणार्थी शिविरमा आक्रमणलाई तिब्र पारेको छ।प्यालेस्टाइनी चिकित्सकहरूका अनुसार नुसेरात शिविरको उत्तरमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने विद्यालयमा तोपखानाले आक्रमण गरेपछि मेडिकल टोलीहरूले कम्तिमा १० शव निकालेका हुन्।

टोलीले नुसेरातका दुई लक्षित आवासीय घरहरूबाट ६ वटा शव निकालेको छ।नुसेरात शिविरका विभिन्न भागहरूमा गरिएको हवाई आक्रमणमा बालबालिका र महिलासहित दर्जनौं प्यालेस्टिनीहरू घाइते भएका छन्।

मध्य गाजाको देइर अल–बालाहमा, हदाबा क्षेत्रको एउटा घरमा इजरायली हमलामा दुई जनाको मृत्यु भएको स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन् र प्यालेस्टाइनीहरूको भेलालाई लक्षित गरी इजरायली आक्रमणमा दुई जना मारिएका छन् र धेरै घाइते भएका छन्।

टोलीले गाजा शहरको उत्तरमा रहेको शेख रदवान छिमेकमा रहेको आवासीय घरमा इजरायली हमलापछि चारवटा शव निकालेको छ।

इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार २५९ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: १७ कार्तिक २०८१ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App