९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चक्रवात दाना भारतको ओडिशाको तटमा ठोक्कियो, १६ जिल्लामा बाढीको खतरा

चक्रवात दाना भारतको ओडिशा राज्यको तटमा ठोक्किएको छ। जसका का कारण ठूलो वर्षा हुन भइरहेको छ।

समाचार संस्था पीटीआईका अनुसार भारत मौसम विज्ञान विभागले चक्रवातका कारण भइरहेको वर्षाले ओडिशाका १६ जिल्लामा बाढीको खतरा उत्पन्न भएको भन्दै चेतावनी जारी गरेको छ।

च्क्रवात दानालाई ध्यानमा राखी राज्य सरकार तयारी अवस्थामा रहेको ओडिशाका मुख्यमन्त्री मोहन माझीले बताएका छन्र

त्यस्तै दानाका कारण पश्चिम बङ्गाल पनि हाई अलर्टमा छ।

चक्रवात दानाका कारण भारतका यी दुबै राज्यका करिब १५ करोड नागरिक प्रभावित हुने बताइएको छ भने १० लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ।  

प्रकाशित: ९ कार्तिक २०८१ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App