२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतका प्रसिद्ध व्यवसायी रतन टाटाको निधन, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

भारतका उद्योगपति रतन टाटाको निधन भएको छ। उनको उपचारका क्रमममा बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको हो। उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ। टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको जानकारी दिएका हुन्।

उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। राति करिब २ बजे उनको शव अस्पतालबाट घर ल्याइएको बताइएको छ।  महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले टाटाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन्।

टाटाको पार्थिव शरीरलाई बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म दक्षिण मुम्बईको नेशनल सेन्टर फर पर्फर्मिङ आर्ट्सको हलमा राखिने छ। टाटाको निधनमा राष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ अधिकारीले दुःख व्यक्त गरेका छन्।  राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट क्षेत्रका दिग्गज व्यक्ति गुमाएको उल्लेख गरेकी छन्।  रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो।  

प्रकाशित: २४ आश्विन २०८१ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App