१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा हेलेन तुफानबाट मृत्यु हुने १८९ पुगे

तस्बिरः एएफपी

अमेरिकामा हेलेन तुफानका कारण मृत्यु हुनेको संख्या १८९ पुगेको छ । यो तुफानबाट अमेरिकाको दक्षिण पूर्वी राज्य प्रभावित छन् ।

अघिल्लो बुधबार आएको यो तुफानबाट प्रभावित क्षेत्रमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले भ्रमण समेत गरेका छन् ।

बाइडेन उत्तर र दक्षिण क्यारोलिना गएको र ह्यारिस बुधबार जर्जिया पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । तुफानबाट अहिले पनि सयौं मानिस वेपत्ता रहेको बताइएको छ । उद्धारकर्तालाई दुरदराजसम्म पुगेर खोजी कार्य गर्न निकै कठिनाई भइरहेको बिबिसीले लेखेको छन्।  

तुफानबाट प्रभावित ६ राज्यमा ६ हजार नेसनल गार्ड सदस्य र चारहजार ८०० फेडरल एड वर्कर उद्धार तथा प्रतिकार्यमा खटिएका छन् । जसको मद्दतका लागि राष्ट्रपति बाइडेनले एकहजार सक्रिय सैनिक समेत पठाएका छन् ।

उद्धार तथा प्रतिकार्यमा खटिएको टोलीले प्रभावित मानिसहरूलाई राहत सामग्री समेत दिइरहेका छन् ।

यसअघि रिपब्लिकन पार्टीबाट नयाँ राष्ट्रपतिको उम्मेदवार रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तुफान प्रभावित क्षेत्रको भ्रमणमा गएका थिए ।

प्रकाशित: १७ आश्विन २०८१ १४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App