७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली सेनाले सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्छः नेतन्याहू

फाइल तस्बिर

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका, युरोपियन युनियन र ११ सहयोगी देशहरूले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गरेका छन्।

उनले इजरायली सेनाले अब सबै शक्तिका साथ हिजबुल्लाहमाथि आक्रमण गर्ने घोषणा समेत गरेका छन्।

बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले अमेरिकासहित इजरायलका अन्य सहयोगी मुलुकले गरेको युद्धविरामको प्रस्ताव अस्विकार गर्दै हिजबुल्लाहमाथि आक्रमणको घोषणा गरेका हुन्।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार इजरायली आक्रमणमा परी ९२ जनाको मृत्यु भएको छ।

हिजबुल्लाहले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा परी आफ्नो ड्रोन यूनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पुष्टि गरेको छ।

अमेरिकामा जारी संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले आफ्नो लक्ष्य पूरा नभएसम्म आक्रमण नरोकिने बताए।

प्रकाशित: ११ आश्विन २०८१ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App