३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाले विदेशी विद्यार्थीलाई दिँदै आएको अध्ययन अनुमति कटौती गर्ने

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिमा कटौती गर्ने घोषणा गरेका छन्।

उनको यो घोषणा पछि क्यानडामा अध्ययनका लागि जाने विदेशी विद्यार्थीहरूलाई समस्या हुने भएको छ।

जस्टिनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानडा सरकारले दिँदै आएको अध्ययन अनुमतिको सङ्ख्या आगामी वर्षदेखि थप १० प्रतिशत कटौती हुने घोषणा गरेका हुन्।

आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘हामी यसै वर्षदेखि अन्तराष्ट्रिय विद्यार्थीलाई ३५ प्रतिशत कम अनुमति दिँदैछौँ। आगामी वर्ष त्यसमा थप १० प्रतिशत कटौती गरिनेछ।’

उनले प्रवासनले मुलुकको अर्थव्यवस्थालाई फाइदा भएपनि केही व्यक्तिले त्यसको गलत प्रयोग गर्न थालेपछि उनीहरूलाई कारबाही गर्नका लागि यस्ता कदम उठाउनु पर्ने भएको पनि लेखेका छन्।

क्यानडा अध्ययनका लागि नेपालबाट जाने विद्यार्थीलाई पनि अब समस्या हुने भएको छ।

प्रकाशित: ३ आश्विन २०८१ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App