३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतीय चिकित्सकहरूद्वारा ओपिडी बन्द, स्वास्थ्य मन्त्रालय अगाडी बिरामी जाँचेर विरोध जनाइँदै

भारतमा रेजिडेन्ट डाक्टरको बलात्कार पछि हत्याको विरोधमा देशभरका चिकित्सकहरूको आन्दोलन आज पनि जारी छ। चिकित्सकहरूले आज राजधानी दिल्लीस्थित केन्द्रीय स्वास्थ्य मन्त्रालय अगाडी धर्ना दिँदै बिरामी जाँच्ने तयारी गरेका छन्।

आजबाट बहिरङ्स सेवा ठप्प पार्ने घोषणा गरेका चिकित्सकहरूले केन्द्रीय स्वास्थ्य मन्त्रालय अगाडी प्रदर्शन गर्ने र बिरामी पनि त्यहीँ जाँच्ने बताएका हुन्।

गत आइतवार कोलकोत्तास्थित आरजी कर मेडिकल कलेज एवं शिक्षण अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरको बलात्कार पछि हत्या गरिएको थियो। घटनाबारे हालसम्म कुनै ठोस अनुसन्धान नभएको र दोषीमाथि कारबाही पनि नभएको भन्दै भारतका चिकित्सकहरू आन्दोलनमा छन्।

प्रकाशित: ३ भाद्र २०८१ १०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App