२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले भन्योः बंगलादेशमा अल्पसंख्यक र मन्दिरलाई निशाना बनाइएको छ

भारतीय विदेशमन्त्री एस जयशंकरले बंगलादेशमा अल्पसंख्यक र मन्दिरहरूलाई निशाना बनाएर आक्रमण भइरहेको बताएका छन्।

बंगलादेश घटनाबारे मंगलबार भारतीय माथिल्लो संसद् राज्यसभालाई जानकारी दिँदै विदेशमन्त्री जयशंकरले यस्तो बताएको बिबिसी हिन्दीले लेखेको छ।

जयशंकरले भनेका छन्,‘बंगलादेशमा सबैभन्दा बढी चिन्ता यो छ कि अल्पसंख्यक समुदायको व्यवसाय र मन्दीरलाई निशाना बनाइएको छ।’

यो विषयमा भारतले ध्यान दिइरहेको उनले बताएका छन्। ‘हामी बंगलादेशमा अल्पसंख्यकमाथि नजर बनाएर बसेका छौं। भारतमा पनि सीमामा अतिरिक्त सतर्कता जारी राखेका छौं,’ जयशंकरले भने।

जयशंकरले संसद्‌मा बोल्दै बंगलादेशको अलगअलग क्षेत्रमा १९ लाख भारतीय रहेको पनि बताए। यस्तोमा करिब १० लाख भारतीय जुलाई महिनामा भारत आइसकेको पनि उनले जानकारी दिए।

अहिले बंगलादेशमा रहेकामा अधिकतम भारतीय विद्यार्थी रहेको जयशंकरले बताए। ‘५ अगस्टमा शेख हसिनाले राजीनामा दिने फैसला गर्नुभयो। उहाँले धेरै कम समयमा भारतमा आफ्नो फ्लाइट ल्याउने अनुमति माग्नुभएको थियो,’ जयशंकरले भने,‘उहाँ हिजो साँझ दिल्ली पुग्नुभएको छ।’

जयशंकरले बंगलादेशमा जनवरीमा भएको आमचुनावपछि नै विरोधका सिलसिला सुरु भएको पनि संसद्‌मा बताए।

प्रकाशित: २२ श्रावण २०८१ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App