७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

किमको चीन भ्रमण : उत्तर कोरिया परमाणु निःशस्त्रीकरणका लागि सहमत

बेइजिङ– उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरणका लागि सहमति जनाएका छन्।

हालै मात्र अकस्मात चीनको भ्रमण गरेका नेता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा निःशस्त्रीकरणको सहमति जनाएको चीनले जानकारी दिएको छ।

तर उत्तर कोरियाका पछिल्ला प्रयासहरूलाई दक्षिण कोरिया र अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्ने धारणा किमले राखेका थिए। नेता किमले चिनियाँ राष्ट्रपतिसँगको छलफलका क्रममा अहिले उत्तर कोरियाले वार्ताका लागि वातावरण खोज्दै हिँडेको भन्दै यसलाई राम्रो रुपमा लिन सक्दा मात्र निःशस्त्रीकरणको मुद्दा समाधान हुने बताएका हुन्।

उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले यस भ्रमणले कोरियाली प्रायद्वीपमा प्रगति हुने र द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन पनि सहयोग पुग्ने बताएको छ। उत्तर कोरियाली नेताका रुपमा ७ वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक गरेको विदेश भ्रमणका क्रममा चीन पुगेका हुन्।

नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएका छन्। यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ। सोही बैठकअघि उनले चीनको भ्रमण गरेका हुन्।

चीनले किमको भ्रमण सफल भएको प्रतिक्रिया समेत दिएको छ। यस्तै अमेरिका र दक्षिण कोरियाले पनि किमको चीन भ्रमणको स्वागत गरेका छन्।

प्रकाशित: १५ चैत्र २०७४ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App