१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडनलाई राष्ट्रपति निर्वाचनबाट पछि हट्न हलिवुड अभिनेता जर्ज क्लूनीको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडनमाथि आगामी राष्ट्रपति निर्वाचन नलड्न दबाब बढ्न थालेको छ।

यसै वर्षको नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा बाइडनलाई चुनाव नलड्नका लागि पार्टीकै तर्फबाट दबाब बढ्न थालेको हो।

डेमोक्रेटिक पार्टीका फन्डरेजर एवं हलीवुड अभिनेता जर्ज क्लूनीले पछिल्लो समय बाइडनलाई राष्ट्रपति निर्वाचनमा भाग नलिन दबाब दिएका छन्।

उनले न्यूयोर्क टाइम्समा एक लेख प्रकाशित गर्दै बाइडनलाई राष्ट्रपतिको निर्वाचनबाट बाहिर जानका लागि अपील गरेका छन्। क्लूनीले बाइडनको उम्मेदवारीले डेमोक्रेटले निर्वाचन जित्न नसक्ने चेतावनी पनि दिएका छन्।

यसअघि अमेरिकी संसदका पूर्व सभामुख न्यान्सी पेलोसीले पनि ८१ वर्षीय बाइडनलाई अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिने विषयमा प्रश्न गरेकी थिइन्।

त्यसबाहेक वरमन्टबाट अमेरिकी सीनेटर पीटर वेल्शले पनि बाइडनलाई राष्ट्रपतिको उम्मेदवारी छाड्न अपील गरेका थिए।

केही समय अघि अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष बहसको क्रममा बाइडनको प्रस्तुती निकै फितलो देखिए पनि उनलाई आगामी राष्ट्रपति निर्वाचनमा भाग नलिन दबाब बढ्न थालेको हो।

प्रकाशित: २७ असार २०८१ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App