१० माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु

पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमा ५ सयभन्दा बढीको मृत्यु भएको छ।

दक्षिणी पाकिस्तानको कराचीमा अत्यधिक गर्मी बढेपछि विगत ६ दिनमा ५ सय ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

पाकिस्तानको एदही एम्बुलेन्स सेवाका अनुसार कराचीको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउन थालिएको छ।

कराचीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ भने ह्यूमिडिटी अत्यधिक भएका कारण तापक्रम ४९ डिग्री सेल्सियसजस्तो अनुभव भइरहेको त्यहाँका नागरिकहरूले बताएका छन्।

अत्यधिक गर्मीबाट लाग्ने लू का कारण बिरामी हुने मानिसहरूको सङ्ख्या पनि बढ्दै गएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: १३ असार २०८१ १०:१५ बिहीबार

#Pakistan #heatwave #temprature