२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाइडनले भनेः अदालतको फैसलालाई सम्मान गर्छु, छोराको सजाय कम गराउँदिन

अमेरिकी राष्ट्रपति जो बाइडनले अवैध बन्दुक खरिद मामिलामा आफ्नो छोरा हन्टर बाइडनको सजाय कम नगराउने प्रतिक्रिया दिएका छन्।

बीबीसीका अनुसार जी ७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन इटली पुगेका राष्ट्रपति बाइडनले पत्रकारहरूसँग कुराकानी गर्दै अवैध तरिकाले बन्दुक खरिद गरेको र नशालु पदार्थ सेवन गरेको मामिलामा दोषि पाइएका हन्टरको सजाय आफूले कम नगराउने बताए।

सन् २०१८ को एक घटनामा राष्ट्रपति बाइडनका छोरा हन्टरलाई अवैध रूपले हतियार खरिद गरेको र नशालु औषधिको प्रयोग गरेको आरोपमा झूठो बोलेको भन्दै अदालतले दोषी ठहर्याएको छ।

फेडरल अदालतको तर्फबाट गत साता हन्टरलाई दोषी ठहर्याइए पछि राष्ट्रपति बाइडनले पहिलोपटक त्यसबारे प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘हन्टरमाथि मलाई गर्व छ। उसले लागू औषधको सेवन छाडिसकेको छ र उ अब असल मान्छे बनिसकेको छ। तर, अदालतको फैसलाको म सम्मान गर्छु र हन्टरको सजाय कम गराउन म कुनै पहल गर्दिन।’

अमेरिकामा राष्ट्रपतिसँग अदालतबाट दोषी ठहरिएका व्यक्रिको सजाय माफी गराउने वा कम गराउने अधिकार हुन्छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App