१४ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली हवाई आक्रमणमा परी ३५ प्यालेस्टिनीको मृत्यु

इजरायली हवाई आक्रमणमा परी ३५ जना शरणार्थी प्यालेस्टिनीको मृत्यु भएको छ।

बीबीसीका अनुसार मध्य गाजामा रहेको संयुक्त राष्ट्र सङ्घको विद्यालयमा विस्थापित भएर बसिरहेका ३५ जना प्यालेस्टिनी नागरिकको उक्त हवाई आक्रमणमा परी मृत्यु भएको हो।

इजरायली सेनाले विद्यालयमा हमासका २० देखि ३० जना लडाकु हुन सक्ने आशङ्कामा आक्रमण गरेको र उनीहरू नै मारिएको दावी गरेको छ।

हमासले भने इजरायलको उक्त दावीलाई अस्विकार गर्दै आक्रमणमा मारिने सबै प्यालेस्टिनी नागरिक रहेको बताएको छ।

इजरायली सेनाले पछिल्लो समय मध्य गाजामा सैन्य अभियानलाई तीव्र बनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App