२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाको ४ राज्यमा वर्षासँगैको आँधीका कारण २१ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण २१ जनाको मृत्यु भएको छ। अमेरिकाको दक्षिणी क्षेत्र ओजाक्र्ससहित ४ राज्यमा वर्षासँगैको आँधीका कारण २१ जनाको मृत्यु भएको हो भने १ सयभन्दा बढी घाइते भएका छन् ।

आँधीका कारण सैयौँको सङ्ख्यामा घरहरू क्षतिग्रस्त बनेका छन्।

समाचार संस्था अल जजीराका अनुसार टेक्सास, केन्टकी, अर्कान्सस र ओक्लाहेम लगायतका राजय बढी प्रभावित बनेका छन् भने ३० मिनिलयनभन्दा बढी नागरिक प्रभावित भएका छन्।

न्यूजर्सी, न्यूयोर्क र पेन्सिलभेनियाका केही भागमा आँधीका कारण चेतावनी जारी गरिएको छ।

अटलान्टा र जर्जिया क्षेत्रसहित दक्षिण क्यारोलिनामा आपतकाल घोषणा गरिएको छ भने सडक, विद्यतु, हवाई, सञ्चार लगायतका क्षेत्र अवरुद्ध बनेका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App