८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा युद्धविरामको विषयमा आजबाट इजरायल र हमासबीच वार्ता

गाजामा जारी युद्धलाई रोक्न आज इजरायल र हमासबीच पुनः वार्ता हुन लागेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेपछि इजिप्टको राजधानी कायरोमा आजबाट पुनः वार्ता हुन लागेको हो।

गत शुक्रवार इजरायली प्रधानमन्त्री नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविरामका लागि वार्ता गर्नेगरी सहमति जनाएपछि आजबाट पुनः वार्ता हुन लागेको इजिप्ट सरकारले जनाएको छ।

प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताइसकेका छन्। तर, बार्नी स्वयं वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन।

गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ। प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए।

हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ। इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन्।

यसअघि पनि दुबै पक्षबीच युद्धविरामका लागि वार्ता भएपनि खासै प्रगति हुन सकेको थिएन। रासस

प्रकाशित: १९ चैत्र २०८० १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App