२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

सोल– दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ। 

अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका बारेमा यही महिनाको अन्त्यतिर उच्चस्तरीय वार्ता गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

कार्यालयका प्रमुख प्रशासक इम जोङ सोकले उच्चस्तरीय वार्ताका लागि मुन सरकारले तयारी गरेको पत्रकारहरूलाई जानकारी दिए। 

सम्मेलनको तयारी समितिको पहिलो बैठकपछि इमले उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियालाई औपचारिक रुपमा प्रस्ताव गर्ने निर्णय भएको बताए। 

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरूबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ। 

उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताएका हुन्। यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हालै भएको छ। 

परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि ती विषेश दूतले भेटका क्रममा कुराकानी गर्नु भएको बताइएको छ। 

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डलबीच बैठक भएको थियो। 

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाएका थिए। 

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो छिट्टै वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ। त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ। 

भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा छलफल भएको थियो। 

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महशुस गरिएको छ। 

प्रकाशित: २ चैत्र २०७४ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App