२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यूक्रेनी राष्ट्रपतिले भने: हतियार पूर्ति नगरे युरोपको विनाश कसैले रोक्न सक्दैन

यूक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीले थप हतियारको माग गरेका छन्। उनले यूक्रेनलाई थप हतियार दिइएन भने यूरोपको ‘विनाश’ हुनबाट कसैले जोगाउन नसक्ने बताए।

बीबीसीका अनुसार जेलेन्स्कीले हतियारको कृत्रिम अभाव जसरी गराइँदै छ त्यसले रूसलाई मात्रै फाइदा हुने बताए।

जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा जेलेन्स्कीले यूक्रेनी सेनासँग हतियार र गोलीबारुद सकिन लागेको बताए। उनले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा रहेको अमेरिकी संसदमा यूक्रेनको मद्दतका लागि गरिएको प्रस्ताव रोकिँदा यो समस्या आएको आरोप समेत लगाए।

यसैबीच, यूक्रेनको पूर्वी सहर एवदिवकाबाट यूक्रेनले आफ्ना सैनिक फिर्ता बोलाएको छ। उक्त क्षेत्रमा यूक्रेनी सेनासँग हतियार अभाव हुन थालेपछि यूक्रेन सरकारले सेना फिर्ता बोलाएको हो।

प्रकाशित: ६ फाल्गुन २०८० १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App