१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संसारमै पहिलोपटक गैँडामा 'कृत्रिम भ्रुण' प्रत्यारोपण

फाइल तस्बिर

संसारमै पहिलोपटक गैँडामा कृत्रिम गर्भधारणको प्रयोग गरिएको छ। वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको भ्रुणलाई उत्तरी गैँडाको प्रजातिलाई जोगाउनका लागि पहिलोपटक प्रयोग गरेका हुन्।

बीबीसीका अनुसार संसारमै लोप हुन लागेको सेतो गैँडाको प्रजातिलाई जोगाउनका लागि वैज्ञानिकहरूले कृत्रिम गर्भधारणको प्रयोग गरेका हुन्।

पृथ्वीमा अब सेतो गैडाको प्रजाति २ वटा मात्रै बाँकी छन्। वैज्ञानिकहरूले प्रयोगशालामा बनाएको भ्रुणलाई स्त्री गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेको बताइएको छ।

भ्रुणलाई विकसित गर्नका लागि सेतो गैँडाको प्रजातिसँग सम्बन्धित दक्षिणी क्षेत्रमा पाइने गैँडाको उप प्रजातिको प्रयोग गरिएको छ।

जर्मनीमा लाइबनिज इन्स्टिच्यूट फर जू एन्ड वाइल्डलाइफ रिसर्चका वैज्ञानिक सुसान होल्जका अनुसार गैँडामा पहिलोपटक भ्रुणको प्रत्यारोपण गर्नुमा सक्षम हुनु ठूलो सफलता हो।

प्रत्यारोपण गरिएको भ्रुणले गैँडा गर्भवति हुन्छ या हुँदैन भन्ने अहिले नै यकिन हुन नसकेको पनि वैज्ञानिकहरूले बताएका छन्।

यो प्रजाति कुनै समय मध्य अफ्रीकामा पाइन्थ्यो। तर, गैँडाको सिंहको मागका कारण उनीहरूको गैरकानूनी तरिकाले शिकार गर्दा लोप भइसकेका छन्।

हाल पृथ्वीमा रहेका दुई सेतो गैँडा अफ्रीकामा ओल पेजेटा नेचर रिजर्वमा कडा सुरक्षाका साथ राखिएको छ। 

प्रकाशित: २२ माघ २०८० ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App