५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री सुनक किन बस्छन् हप्ताको ३६ घन्टा व्रत?

बेलायतका प्रधानमन्त्री ऋषि सुनक आफ्नो स्वास्थ्यप्रति निकै गम्भीर छन्। उनी आफ्नो स्वास्थ्यको ख्याल राख्नका लागि विभिन्न उपायहरू अपनाउने गर्छन्। ४३ वर्षीया बेलायती प्रधानमन्त्री सुनक आफ्नो स्वास्थ्य र आफूलाई फिट राख्नका लागि हरेक हप्ता उपवास बस्ने गर्छन्।

स्थानीय एक सञ्चार माध्यममा दिइएको अन्तरवार्तामा उनले आफूलाई स्वस्थ राख्नका लागि हप्तामा ३६ घन्टा व्रत बस्ने गरेको बताए।

उनले भनेका छन्, ‘शरीरको सफाइका लागि आइतवार साँझ ५ बजेदेखि नै खाना खान छोडिदिन्छु र ३६ घन्टा पछि मङ्गलवार बिहान ५ बजे मात्रै आफ्नो व्रत सकाउने गर्छु।’

व्रत बसेको बेला उनी पानी, चिया या कालो कफी मात्रै खाने गर्छन्। खाना खान निकै रुचाउने सुनक व्रत सकाए पछि अन्य दिनमा आफूलाई मन पर्ने खाने कुरा खाने गर्छन।

सुनकले गर्ने व्रतलाई ‘मोन्क फास्ट’ भन्ने गरिन्छ। यसले शरीरलाई मानसिक र शारीरिक शक्ति प्राप्त हुनुका साथै शरीरको विषाक्त निकाल्नमा मद्दत गर्छ।

मोन्क फास्टिङले शरीरमा क्षतिग्रस्त कोषहरूको ठाउँमा नयाँ कोषहरू बन्ने गर्छ र एकाग्रता बढ्छ। जसले मस्तिष्कलाई पनि तीव्र बनाउँछ। यस प्रकारको फास्टिङले बुढ्यौलीको लक्षणलाई पनि कम गर्नमा मद्दत गर्छ। 

३६ घन्टासम्म व्रत बस्नुका फाइदाः

१) मेटाबोलिज्म तीव्र बन्ने हुन्छ। व्रत बसेको बेला शरीरले ग्लुकोज र फ्याटलाई उर्जाका लागि प्रयोग गर्न थाल्छ जसले गर्दा तौल कम गर्नमा मद्दत पुग्छ।

२) व्रत बसेको बेला मस्तिष्कको क्षमता राम्रो हुन थाल्छ। व्रतको समय शरीरले किटोनको उत्पादन गर्छ। यसले मस्तिष्कको लागि उर्जा स्रोतको रुपमा काम गर्छ। जसले राम्रो निर्णय गर्ने क्षमतलाई पनि बढाउँछ।

३) व्रत बस्नाले हाम्रो शरीरको पुरानो कोषहरूलाई हटाएर नयाँ कोषहरू बनाउन थाल्छ। यसले रोगको खतरा पनि कम हुन्छ।

४) तर, यदि तपाईं कुनै प्रकारको रोग वा स्वास्थ्य समस्याबाट गुज्रिरहनु भएको छ भने चिकित्सकको सल्लाह अनुसार मात्रै कुनै गतिविधिमा सहभागी हुनु राम्रो मानिन्छ। 

प्रकाशित: १९ माघ २०८० १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App