कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: कर्णालीका लागि वरदान
‘हामीजस्तो दुर्गमका बासिन्दाका लागि यो वरदान नै हो,’ चन्दननाथ नगरपालिका–२ का धनराज भण्डारी भन्छन्, ‘राज्यले हेपेको कर्णालीका बासिन्दा बिरामी पर्दा ज्युँदै मर्नुपर्थ्यो । अहिले दिनहुँ दर्जनौँ मान्छेले जीवनदान पाउँदै छन् ।’