१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरीफमाथि लागेको प्रतिबन्ध हट्यो

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथि लागेको प्रतिबन्ध हटेको छ। बीबीसीका अनुसार पाकिस्तानको सर्वोच्च अदालतले संविधानको धारा ६२–१ एफ लाई आधार मानेर आजीवन अयोग्यताको प्रावधानलाई अन्त्य गर्ने फैसला गरेको हो।

अदालतको उक्त फैसला पछि अब पूर्व प्रधानमन्त्री शरीफ आगामी चुनावमा भाग लिन पाउने भएका छन्।

दोषी भेटिएका सांसदले आजीवन चुनाव लड्न नपाउने व्यवस्था सर्वोच्चले अन्त्य गरेको हो।

पाकिस्तानका मुख्य न्यायाधीश काजी फैज ईसाको अध्यक्षतामा गठित सात सदस्यीय इजलासले सुनुवाई गर्दै उक्त फैसला गरेको हो।

सर्वोच्चको उक्त फैसला पछि शरीफमाथि लगाइएको आजीवन अयोग्यता समाप्त हुने भएको छ।

प्रकाशित: २४ पुस २०८० ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App