८ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हड्तालकाबीच बङ्गलादेशमा मतदान सुरु

फाइल तस्बिर

बङ्गलादेशमा आज आम निर्वाचन हुँदैछ। ३ सयभन्दा बढी सिटका लागि हुने निर्वाचनका लागि स्थानीय समय अनुसार बिहान ८ बजेबाट मतदान सुरु भएको छ। बीबीसीका अनुसार बङ्गलादेशमा हुने निर्वाचनमा २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रने छन्।

बङ्गलादेशको निर्वाचन आयोगका अनुसार बङ्गलादेशमा ११ करोड ९६ लाख मतदाता छन्। जसले आज निर्वाचनमा भाग निलेछन्।

निर्वाचनका लागि ४२ हजार मतदान केन्द्र निर्धारण गरिएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै ४८ घण्टे देशव्यापी ‘आमहड्ताल’ को आह्वान गरेको छ।

पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आइतबार हुने आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै शनिवारदेखि ४८ घन्टाका लागि हड्तालको घोषणा गरेको हो। 

निर्वाचनको पूर्वसन्ध्यामा शनिवार बङ्गलादेशको राजधानी ढाका बाहिरका ५ निर्वाचन बुथमा आगजनी गरिएको छ भने निर्वाचन अघि भड्किएको हिंसामा १५ जना मारिएका छन्। 

प्रकाशित: २२ पुस २०८० ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App