१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजराइलले आक्रमकता नरोकेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी

इजराइल र हमासबीच युद्धविरामको सम्भावना कम हुँदै गएको छ। दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।

बीबीसीका अनुसार हमासले जबसम्म युद्ध अन्त्य हुँदैन तबसम्म इजराइली बन्धकलाई रिहा नगर्ने बताएको छ। हमासले एक बयान जारी गर्दै जबसम्म इजराइल आक्रमकता अन्त्य गर्दैन तबसम्म बन्धकलाई रिहा नगर्ने प्यालेस्टिनी नागरिकले निर्णय गरेको बताएको हो।

युद्धविरामको विषयमा इजिप्टमा वार्ताको प्रयास भइरहेको छ। बुधवार भएको कुराकानीमा कुनै ठोस सहमति हुन सकेन।

यसैबीच, हमासले गाजा पट्टीबाट इजराइलको राजधानी तेलअभिवमाथि आक्रमण तीव्र बनाएको छ। बिहीवार हमासले तेलअभिवलाई लक्षित गरी कैयौं रकेट प्रहार गरेको बीबीसीले जनाएको छ।

इजराइली सेनाले पनि गाजामाथिको आक्रमण तीव्र बनाउँदै गएको छ। पछिल्लो २४ घन्टामा इजराइली सेनाले हमासको ३ सयभन्दा बढी केन्द्रलाई नष्ट पारेको दावी गरेको छ।

हालसम्म इजराइली आक्रमणमा परी २० हजारभन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५६ हजारभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: ६ पुस २०८० ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App