२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा संयुक्त राष्ट्रको सबैभन्दा शक्तिशाली धारा लागू, युद्धविरामको आशा जगायो

तस्बिर सौजन्यः संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा युएन बडापत्रको धारा ९९ लागू गरेको छ। राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राखी  युएन बडापत्रको धारा ९९ लागू गरेको बताए।

बीबीसीका अनुसार  युएन बडापत्रको धारा ९९ संयुक्त राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण प्रावधान मानिन्छ। जसको माध्यमले संयुक्त राष्ट्रका महासचिवले कुनैपनि मामिलालाई सुरक्षा परिषदमा लगेर परिषदको रायसुझावमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको खतरामा रहेको भन्दै ध्यानाकर्षण गराउन सक्छन्। यसलाई संयुक्त राष्ट्र चार्टरको सबैभन्दा शक्तिशाली प्रावधान मानिन्छ।.

संयुक्त राष्ट्रको इतिहासमा हालसम्म ९ पटक मात्रै यस अनुच्छेदको प्रयोग गरिएको छ र दशकौँदेखि यसको प्रयोग भएको थिए।

संयुक्त राष्टर् विगत लामो समयदेखि गाजामा युद्धले उत्पनन मानवीय संकटलाई लिएर चेतावनी दिँदै आएको छ र युद्ध रोक्नका लागि अपिल पनि गर्दै आएको छ। तर, युद्ध रोक्ने विषयमा कुनै सुनुवाइ नभएपछि महासचिव गुटेरेसले आफ्नो सबैभन्दा शक्तिशाली डिस्ट्रेस सिग्नलको प्रयोग गर्दै  युएन बडापत्रको धारा ९९ लागू गरेका हुन्। जसले मानवीय युद्धविराम लागू हुन सकोस्।  

प्रकाशित: २१ मंसिर २०८० ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App