२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाको सबैभन्दा ठूलो अस्पतालमाथि आक्रमणको खतरा

हमासले गाजाको सबैभन्दा ठूलो अस्पतालमा अझै २ हजारभन्दा बढी नागरिक फसेको बताएको छ। बीबीसीका अनुसार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाको अवस्थाबारे जानकारी गराइएको छ।

हमासका अनुसार अस्पताल भित्र अझैपनि कम्तिमा २ हजार ३ सय नागरिक रहेको र यस बारेमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइसकेको छ।  

अस्पतालमा ६ सयदेखि ७ सय ५० को सङ्ख्यामा बिरामीहरू रहेको साथै २ सयको हाराहारीमा स्वास्थ्यकर्मी र करिब १ हजार ५ सय विस्थापित नागरिक रहेको हमासद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार बिजुली, पानी र खानाको कमीका कारण बिरामीहरूको जीवन खतरामा परेको छ। साथै अस्पतालबाट बाहिर निस्कने कुनै सुरक्षित बाटो नरहेको पनि सङ्गठनले बताएको छ।  

इजरायली सेनाले अल–शिफा अस्पताल बाहिर आफ्नो टैंक तैनात गरेपछि चिन्ता बढेको हो। अस्पतालका कर्मचारीहरूका अनुसार बाहिर हमास र इजरायली सेनाबीच युद्ध जारी छ। जसका कारण अस्पताल खतरामा परेको हो।

प्रकाशित: २७ कार्तिक २०८० ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App