प्योङयाङ – संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् ।
विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।
उत्तर कोरियाले परीक्षण गरेको उक्त मिसाइलले अमेरिकालाई पूर्णरुपमा ध्वस्त बनाउन सक्ने दाबी उत्तर कोरियाले गरेको थियो । उनी संयुक्त राष्ट्रसंघमा कार्यरत्त सबैभन्दा उच्च तहका अमेरिकी कर्मचारी हुन्।
उनी आगामी शुक्रबारसम्म उत्तर कोरियाको प्योङयाङ रहने बिबिसीले जनाएको छ । उनले उत्तर कोरियाका विदेश मन्त्री रि योङ हो तथा उच्च अधिकारीहरुसँग भेट्ने कार्यतालिका रहेको छ।
सोमबार चीनको भ्रमण गरेका फेल्टमेनले चीनबाट उत्तर कोरिया पुगेका हुन् । चीन उत्तर कोरियाको एक प्रमुख सल्लाहकार हो।
उत्तर कोरिया समस्या समाधानमा द्विपक्षीय समाधान आवश्यक ठानी फेल्टमेनले चीनको र उत्तर कोरिया भ्रमणलाई परिपूरकका रुपमा लिएका हुन्।
उत्तर कोरियाली नेता किम जोन उनलाई भने उनले नभेट्ने बताएका छन् ।
प्रकाशित: २० मंसिर २०७४ ०७:५० बुधबार