१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ।

गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछिसैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ।

‘तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौँ’, निकट र मध्यपूर्वका लागि आइसीआरसीका क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भने।  अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताए। आइसीआरसीले दुवै पक्षलाई नागरिकहरूको पीडा गर्न आग्रह गरेको छ।

शनिबार हमासले गरेको आक्रमणको प्रत्युत्तरमा इजराइलले गाजामा लगातार आक्रमण गरेको छ र पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गर्दै २० लाख जनसङ्ख्या भएको गरिब क्षेत्रमा पूर्णतः घेराबन्दी गरेको छ।

हमासले इजराइली आक्रमणमा चार जना बन्धक मारिएको बताएको छ। साथै उसले बिना चेतावनीपूर्व नागरिकहरूमा लक्ष्य बनाएमा अरुलाई मार्ने चेतावनी दिएको छ।

टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पनि बन्धकहरूको रिहाइका लागि हमाससँग वार्ता सुरु गर्नुभएको बुधबार सरकारी स्रोतले एएफपीलाई बताएको छ। शनिबारदेखि जारी युद्धमा दुवै पक्षका गरी हजारौँको ज्यान गएको छ।

प्रकाशित: २५ आश्विन २०८० ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App