१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटलीमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

इटलीको भेनिस सहरमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।  

उत्तरी इटलीको मेस्त्रेमा भएको दुर्घटनामा परी मृत्यु भएका सबैजना पर्यटकहरू रहेका थिए। पुलबाट बस खसेर आगलागी हुँदा उनीहरूको मृत्यु भएको बताइएको छ।  

द गार्जियनका अनुसार विदेशी पर्यटक सवार बस क्यापिङ गाउन्ड तर्फ जाँदै थियो। गाडी अनियन्त्रित भएर पुलबाट तल खसेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटना मङ्गलवार साँझको हो।

दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति इटलीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संवेदना व्यक्त गरेका छन्।  

प्रकाशित: १७ आश्विन २०८० ०६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App