१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न सहयोग गर्ने

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच भेटवार्ता भएको छ।  

दुबै नेताबीच रूसको वास्तोचनी कोस्मोड्रोममा भेटवार्ता भएको हो। कोस्मोड्रोम रूसको स्पेस पोर्ट हो, जुन सन् २०१६ मा सञ्चालनमा आएको थियो।  

भेटको क्रममा रूसी राष्ट्रपति पुटिनले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न रुसले सहयोग गर्ने वाता गरेको रुसी सरकारी समाचार एजेन्सीहरूले बताएका छन्।  

भेटको क्रममा किमले हतियार आपूर्तिबारे सोधेपछि पुटिनले सहयोगको वाचा गरेका हुन्। साथै रूसले युक्रेनसँगको जारी युद्धमा आवश्यक पर्ने हतियार उत्तर कोरियासँग सहयोग मागेकोमा किमले सहमति जनाएको र प्योङयाङलाई आवश्यक पर्ने खाद्य आपूर्ति, इन्धन र आधुनिक सैन्य प्रविधिको आवश्यकता रूसले सहयोग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।  

यता, अमेरिका र पश्चिमा मुलुकहरूले दुई नेताबीचको भेटले नराम्रो परिस्थिति निम्तन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।  

अमेरिकाले उत्तर कोरिया र रुसबीचको हतियारसम्बन्धी कुनै पनि सम्झौताले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्ने र दुवै देशमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।  

प्रकाशित: २७ भाद्र २०८० ०५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App