१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिनका भान्सेले भयभीत तुल्याएको समय

गत महिना रुसी सेनासँग सिँगौरी खेलेर चर्चामा रहेका निजी सेना वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिन लामो नाटकीय घटनाक्रमपछि अन्ततः रुसी राष्ट्रपतिकै शरणमा पुगेका छन्। प्रिगोजिनको पलायनपछि उनको नियन्त्रणमा रहेका ३० हजारभन्दा बढी लडाकुलाई रुसी सेनामा गाभ्ने तथा वाग्नर ग्रुपअन्तर्गत रहेका सयभन्दा बढी कम्पनीलाई बन्द गराउने प्रक्रिया रुसी प्रशासनले सुरु गरेको छ।

यतिबेला प्रिगोजिन रुसी सेनाकै संरक्षणमा रहेको बताइन्छ। उनको नाटकीय पतनपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा नीति सफल भएको छ। रुसी सेनाले युक्रेन युद्धमा आशातित सफलता प्राप्त नगरिरहेको अवस्थामा वाग्नर समूहको बढ्दो लोकप्रियतालाई समयमै उनले ‘औकात’मा राखेका छन्।

केही समयअघि रुसी प्रशासनले प्रिगोजिनको पेट्रिअट मिडिया ग्रुपको सेन्ट पिटर्सबर्गस्थित कार्यालय नियन्त्रणमा लिएको थियो। यससँगै संसारको सबैभन्दा शक्तिशाली निजी सैन्य शक्तिलाई सरकारले आफ्नो संरक्षणमा राखेको यो पछिल्लो उदाहरण बनेको छ। बेलायतले इस्ट इन्डिया कम्पनीलाई निलेजस्तै वाग्नरलाई पनि क्रेमलिनले निलेको केहीको मत छ। वाग्नरले नै क्रेमलिनका लागि अन्तर्राष्ट्रिय प्रभाव बढाइदिनेदेखि आम्दानी दिलाउनेसम्मको काम गरेका थिए।

गत महिना रुसी सेनासँग सिँगौरी खेलेर चर्चामा रहेका निजी सेना वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिन लामो नाटकीय घटनाक्रमपछि अन्ततः रुसी राष्ट्रपतिकै शरणमा पुगेका छन्।

गएको जुन २४ देखि नै क्रेमलिनले वाग्नरद्वारा सञ्चालित सामाजिक सञ्जाल बन्द गराएयता वाग्नर प्रमुख प्रिगोजिन आक्रोशित भएका थिए। पछिल्लो घटना क्रममा ‘कु’ प्रयासपछि पलायन भएका प्रिगोजिन यतिबेला बेलारुस हुँदै रुसस्थित अज्ञात स्थलमा पुगेको बताइएको छ।

केही समयअघि वाग्नरका कयौं कम्पनीमा गलत क्रियाकलाप गरेको आरोपमा छापा मारिएको थियो। छापा मार्दा नक्कली पासपोर्ट, पिस्तोलहरू, सयौं कम्पनीका विस्तृत जानकारीसँगै ४८ मिलियन बराबरको सुन तथा नगदसमेत ती कम्पनीहरूमा फेला परेको जनाइएको थियो।

वाग्नर ग्रुपको प्रमुख हतियार मानिने समाचार एजेन्सी रिया फान पनि बन्द गरिएको छ। उता मध्यपूर्व र अफ्रिकी मुलुकमा हालसम्म वाग्नरले दिएका सेवाहरू तत्काल बन्द भएको सूचना रुसी प्रशासनले दिएको छ।

गएको जुन २४ देखि नै क्रेमलिनले वाग्नरद्वारा सञ्चालित सामाजिक सञ्जाल बन्द गराएयता वाग्नर प्रमुख प्रिगोजिन आक्रोशित भएका थिए। पछिल्लो घटनाक्रममा ‘कु’ प्रयासपछि पलायन भएका प्रिगोजिन यतिबेला बेलारुस हुँदै रुसस्थित अज्ञात स्थलमा पुगेको बताइएको छ।

वाग्नर प्रमुख प्रिगोजिनको निजी सेनाले लडेका कतिपय युद्धमा पाएको सफलताका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सदाशयता पाएका थिए। पछिल्लो घटनाक्रमले स्वयं राष्ट्रपतिको लोकप्रियतालाई धक्का दिएको थियो। यतिबेला अब प्रिगोजिनको जीवन पनि अन्य क्रेमलिनलाई धोका दिनेहरूजस्तै धरापमा पर्ने त होइन भनी आशंका जनाउनेहरू पनि छन्। तर लामो समयदेखि पुटिनका विश्वास पात्र रहेका प्रिगोजिनमाथि तुरुन्तै घात नहुने अपेक्षा धेरैले गरेका छन्।

को हुन् प्रिगोजिन?

आफ्नो जीवनको सफलता रुसको पश्चिमी राजधानीका रूपमा प्रख्यात सेन्ट पिटर्सबर्गमा रेस्टुराँ चलाएर पाएका थिए। उनले त्यसमा हट डग बेच्थे र उनका हट डग त्यो बेला तात्तातै बिक्री हुन्थे। तर त्यसअघि भने उनी टापटिपे चोरका रूपमा प्रख्यात थिए। उनले सानातिना चोरी गरेर जीवन गुजारा गर्थे। उनको त्यो गुजारा पनि धेरै दिन टिक्न सकेन र पछि उनी जेल परे।

जेलबाहिर निस्केपछि उनले रेस्टुराँ चलाए। यही रेस्टुराँको हट डग उनका लागि ‘हट प्रोपर्टी’ बन्न पुग्यो। कतिसम्म भने, त्यो बेला सेन्ट पिटर्सबर्गका उपमेयर भ्लादिमिर पुटिनसमेत त्यहाँको हट डग चपाउन पुग्थे।

पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। उनको कम्पनीका लागि ठुलाठुला टेन्डर पर्न थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।

आफ्नो जीवनको सफलता रुसको पश्चिमी राजधानीका रूपमा प्रख्यात सेन्ट पिटर्सबर्गमा रेस्टुराँ चलाएर पाएका थिए। उनले त्यसमा हट डग बेच्थे र उनका हट डग त्यो बेला तात्तातै बिक्री हुन्थे।

रेस्टुराँको व्यापार चम्केपछि उनले अन्यत्र पनि आफ्नो नामको चमक उपयोग गर्न थाले। खास चमक चाहिँ उनले इन्टरनेट रिसर्च एजेन्सी नामक कम्पनीबाट पाए। यसले विभिन्न नक्कली सोसल मिडिया अकाउन्ट बनाउँथ्यो र कथा हालेर ‘समाचारको हेराफेरी’ गर्थ्याे।

खासगरी त्यो समाचारको गडबडीले सन् २०१८ को अमेरिकी राष्ट्रपति निर्वाचनमा ठुलो चमत्कार देखायो। यसको सफलता कतिसम्म थियो भन्ने अनुमान उनले सोही अवधिमा किनेका निजी विमान र पानीजहाज (याच)बाट थाहा पाउन सकिन्छ।

रुसमा निजी विमान र निजी पानीजहाज चढ्ने सीमित व्यक्तिमध्येमा उनी पनि गनिन थाले। पछि उनको हेराफेरीको साम्राज्य अमेरिकासम्म फैलियो। यसपछि नै उनलाई अमेरिकाले प्रतिबन्ध लगायो। खासगरी पैसाको कारोबारमा पारदर्शिता नरहेको देखिएपछि अमेरिकाले प्रतिबन्ध लगाएको थियो।

सन् २०१४ मा उनले एउटा नयाँ प्रयोग गरे। उनले निजी सेना खडा गरे। त्यो बेला युक्रेनको पूर्वी भेगमा रहेको क्रिमिया रुसको अधिनमा रहने कि युक्रेनी अधिनमा भन्ने विवादबीच उनले त्यहाँ सानोतिनो लडाइँ चलाए। यस्तो लडाइँमा रुसी सेनाले भाग लिएन। प्रिगोजिनको निजी सेनाले भाग लियो। त्यसैको सफलताका कारण पछि रुसले क्रिमियालाई गाभ्ने कि नगाभ्ने भन्ने जनमत संग्रह गरायो र त्यसमा गाभ्नुपर्छ भन्ने बहुमत भएपछि आधिकारिक रूपमा नै रुसले क्रिमियालाई गाभ्यो। यसका पछाडि प्रिगोजिनले पृष्ठभूमिमा खेलेको भूमिका प्रशंसनीय रहेको मूल्याङ्कन पुटिनको थियो।

रेस्टुराँको व्यापार चम्केपछि उनले अन्यत्र पनि आफ्नो नामको चमक उपयोग गर्न थाले। खास चमक चाहिँ उनले इन्टरनेट रिसर्च एजेन्सी नामक कम्पनीबाट पाए। यसले विभिन्न नक्कली सोसल मिडिया अकाउन्ट बनाउँथ्यो र कथा हालेर ‘समाचारको हेराफेरी’ गर्थ्याे।

त्यसपछि अनेकन् प्रयोग सिरियाको गृहयुद्धमा भए। कतिपय अफ्रिकी मुलुकमा पनि प्रिगोजिनको निजी सेना समूह वाग्नरले सहभागिता जनायो। दाबीअनुसार, ती सबै युद्धमा वाग्नरले उच्च गुणस्तरको सफलता हात पारेको थियो। युद्धको समस्या के हुन्छ भने कहिलेकाहीं गलत काम पनि गर्नुपर्ने हुन्छ।

राष्ट्रिय सेनाले त्यस्तो कार्य गर्दा उसको मात्र होइन, मुलुककै बदनामी हुन्छ तर निजी सेना त्यस्तो लफडामा फस्यो भने त्यो निश्चित कम्पनी र त्यसका प्रमुखको बदनामी हुन्छ। बदनामीबाटै जीवनमा सफलता कमाएका प्रिगोजिनका लागि त्यो ठुलो कुरा पनि थिएन। त्यसो त जुवाडे मनस्थितिका उनी जस्तोसुकै कारबाहीका लागि पनि तयार थिए। त्यसमाथि राष्ट्रपति पुटिनले उनको ढाड थप्थपाइरहेका थिए। त्यसैले ‘फोहोरी’ कामका लागि वाग्नरजस्ता निजी सेनाहरूको लोकप्रियता निकै बढ्यो।

सन् २०१४ मा उनले एउटा नयाँ प्रयोग गरे। उनले निजी सेना खडा गरे। त्यो बेला युक्रेनको पूर्वी भेगमा रहेको क्रिमिया रुसको अधिनमा रहने कि युक्रेनी अधिनमा भन्ने विवादबीच उनले त्यहाँ सानोतिनो लडाइँ चलाए।

गत वर्ष मात्र प्रिगोजिनले उनकै निजी सामाजिक सञ्जालमा वाग्नरको निजी सेनामा सहभागी हुन आग्रह अभियान चलाएका थिए। सामाजिक सञ्जाल मात्र होइन, सेन्ट पिटर्सबर्ग सहरका मुख्य चोकमा ठुला ठुला बोर्ड हालेर उनले सैनिक सहभागिताका लागि प्रचार अभियान चलाएका थिए। प्रचारको परिणाम निकै उत्साहजनक देखिएको थियो। कतिसम्म भने सरकारीभन्दा उनको निजी सेनामा सर्वसाधारणको आकर्षण ठुलो थियो। यसका कारण चाहिँ भर्ती हुनेबित्तिकै उनीहरूले पाउने मासिक १५०० अमेरिकी डलर तलब थियो। युद्धभूमिमा जानुपर्ने अवस्था आएमा दुई हजार डलर तलब पाउँथे।

युक्रेनमा १७ महिनाअघि वर्ष मस्कोले बृहत् आकारको युद्ध सञ्चालन गर्‍यो। सो युद्धमा प्रमुख रूपमा वाग्नर समूह छिर्‍यो। केही महिनाभित्रै वाग्नरको गोप्य युद्धले ठुलो सफलता हात पार्‍यो। यो सफलताले प्रिगोजिनको लोकप्रियता पनि बढायो। हिजोसम्म केही सीमित व्यक्तिले चिन्ने प्रिगोजिनको नाउँ रुसी जनताले चिन्न थाले। खासगरी युक्रेनको एउटा प्रमुख सहर बख्मुत वाग्नर सेनाले कब्जा गरेपछि टापटिपे चोरबाट उनको छवि ‘नायक’को बन्न पुग्यो।

गत वर्ष मात्र प्रिगोजिनले उनकै निजी सामाजिक सञ्जालमा वाग्नरको निजी सेनामा सहभागी हुन आग्रह अभियान चलाएका थिए।

यो सफलताले प्रिगोजिन हौसिए। यसपछि उनी रुसी राष्ट्रिय सेनाबारे जथाभावी बोल्न थाले। कतिपय ठाउँमा राष्ट्रिय सेनाको असफलतालाई उनले टेलिग्राम नामक सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै बढाइचढाइ पेस गर्न थाले। पछि त आफ्नै असफलतामा पनि राष्ट्रिय सेनाका उच्च अधिकारी र युद्धका रणनीतिकारहरूको भूमिका रहेको भन्दै ‘ओई, सोइगु, ओई गेरासिमोभ, खै तेरा हतियार?’ भन्ने तहको गालीमा उत्रिएका थिए।

उनको निसानामा रक्षा मन्त्री सेर्गेई सोइगु र सेना प्रमुख भालेरी गेरासिमोभको नाम काडेका थिए। उनले भिडियोमा भनेका थिए, ‘तिमीहरूका छोराछोरी युट्युबमा भिडियो बनाउँदै ऐसपूर्ण जीवन बिताउने अनि विचरा सर्वसाधारणका छोराहरू चाहिँ युद्धमा बिना गोलीगट्ठा लड्ने?’

प्रिगोजिन रुसी राष्ट्रिय सेनाबारे जथाभावी बोल्न थाले। कतिपय ठाउँमा राष्ट्रिय सेनाको असफलतालाई उनले टेलिग्राम नामक सामाजिक सञ्जालमार्फत भिडियो जारी गर्दै बढाइचढाइ पेस गर्न थाले। पछि त आफ्नै असफलतामा पनि राष्ट्रिय सेनाका उच्च अधिकारी र युद्धका रणनीतिकारहरूको भूमिका रहेको भन्दै तल्लो तहको गालीमा उत्रिएका थिए।

उनले सो भिडियोमार्फत रक्षामन्त्री र सेना प्रमुखलाई हटाएर नयाँ किसिमले सोच्ने मान्छेको आवश्यकता रहेको माग गरे। यसको साटो रक्षा मन्त्रालयले वाग्नरमा काम गरिरहेका सेनालाई आउँदो महिनादेखि नियमित सेनामा सामेल गराउने नीति लियो। जसले दुःखका साथ निजी सेनाको एकाइ खडा गर्‍यो, अब उसैको सैन्य साम्राज्यमा आँखा लगाएपछि प्रिगोजिनको दिमाग तात्यो। उनले सेनाको सो योजनालाई अस्वीकार गरे। प्रिगोजिनले सोचेका थिए, लामो समयदेखि चिनजानका राष्ट्रपति पुटिनले साथ देलान्। तर उनी निजी सेनाका सञ्चालकभन्दा राष्ट्रिय सेनाका सञ्चालकलाई साथ दिन तयार भए।

यसबाट प्रिगोजिनको दिमाग खराब भयो। प्रिगोजिनले आफूमाथि धोका महसुस गरे। यत्रो काम गरेर देखाएको परिणाममुखी समूहलाई साथ दिनुको सट्टा उनको नजरमा नालायकहरूलाई साथ दिएकामा प्रिगोजिन क्रुद्ध भए।

यसैको परिणामस्वरूप टेलिग्राममार्फत चित्त दुखाउँदै प्रिगोजिनले राष्ट्रिय सेनाका प्रमुखहरूले वाग्नर समूहविरुद्ध फैलाइरहेको विष अन्त्य गर्नु आवश्यक रहेको बताउँदै तिनलाई रोक्न आवश्यक रहेको घोषणा गरे। रोक्ने उपायका रूपमा उनले आफ्ना सेना राजधानी मस्कोतर्फ सोझ्याए। घटनाक्रम विकसित हुँदै जाँदा सेना र वाग्नरबीच गृहयुद्ध नै होला कि भन्ने आशंका बढेर गयो। मस्को महानगरभित्रका सारा कार्यक्रम रद्द गरिए।

अन्ततः वाग्नर समूहको यो विद्रोहलाई कुनै मुद्दा नचलाउने आश्वासन राष्ट्रपति पुटिनले दिएपछि वाग्नर प्रमुख प्रिगोजिन बेलारुस हुँदै मातृभूमि फर्किए। अब उनको अवस्था के हुन्छ, समयले नै प्रमाणित गर्नेछ।

पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।

यस घटनाले के पाठ सिकायो? विज्ञहरू भन्छन्, ‘निजी सेनाको सोच धेरै पुरानो र शताब्दीऔं अघिको भए पनि छोटो समयका लागि त्यो रणनीतिले राम्रो काम गर्न सक्छ तर लामो समयमा भने यसले देशलाई नै हानि गर्छ।’

यसको उदाहरणका रूपमा क्रुसेडको इतिहास हेर्न सकिन्छ। लामो समयसम्म चलेको क्रुसेडले खास फाइदा दिन सकेन, जति सोचिएको थियो। त्यस्तै चीनमा औपनिवेशवादविरुद्धको युद्धमा युद्ध सरदारहरूले खेलेको भूमिका र चीनको केन्द्रीय सत्ता कमजोर भएको उदाहरण पनि छ। यही पाठ सिकेर चिनियाँ कम्युनिस्ट पार्टीले जहिल्यै केन्द्रीकृत दह्रो सेनाको परिकल्पना गर्‍यो।

रुसले पनि त्यसैलाई कार्यान्वयन गर्न खोज्दा वाग्नर प्रमुखसँग झोक्काझोक्कीको साक्षी संसार हुनुपर्‍यो। यस घटनापछि केहीले पुटिन कमजोर भएको आँकलन गरे पनि उनले राष्ट्रिय सेनालाई सशक्त बनाउन खेलेको कदमको भविष्यमा उच्च मूल्याङ्कन हुनेछ।

(विभिन्न समाचार सामग्रीमा आधारित)

प्रकाशित: ३० असार २०८० ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App