११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा थपिए कोरोनाका दश हजार बिरामी

भारतमा गत २४ घन्टामा १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्। 

शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ।गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।

बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन्। हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: २ वैशाख २०८० ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App