न्युयोर्क–अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जित नजिक पुगेका छन्। जितका लागि आवश्यक २७० सिटनजिक ट्रम्प पुगेका छन्।
अहिले ट्रम्पले २४४ इलेक्टोरल भोट पाइसकेका छन्। हिलारी क्लिन्टनले अहिलेसम्म २१५ भोट पाएकी छन्। अमेरिकी टेलिभिजन च्यानल एबीसीका अनुसार ट्रम्प फ्लोरिडामा जीत नजिक छन्।
फ्लोरिडाको चुनावको नतिजालाई महत्वकासाथ हेरिएको बीबीसीले जनाएको छ। फ्लोरिडामा ल्याटिन अमेरिकी मुलका नागरिकको विरुद्ध ट्रम्पले दिएको विवादस्पद अभिव्यक्तिको फाइदा हिलारीलाई मिल्ने अनुमान गरिएपनि मत परिणाम त्यसको विपरित आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
अहिले पनि राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। संचारमाध्यमका अनुसार रिपब्लिकन उम्मेद्वार ट्रम्पले ओहायोमा जित हात पार्न सक्ने जनाएका छन्। विगत ५० वर्षदेखि जसले ओहायोमा जित हात पारेका छन् उनीहरुले नै ह्वाइट हाउसको यात्रा तय गरेका छन्।
प्रकाशित: २४ कार्तिक २०७३ ०६:१५ बुधबार





