मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा गम्भीर मौसमी प्रकोपका कारण आएको आँधी–बेहरीका कारण ११ जनाको मृत्यु भएको छ। प्रकोपमा अन्य एक जना बेपत्ता भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी–बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ।
आँधीका कारण २२ वटा भवनहरू पुर्ण रुपमा क्षती गराउनुका साथै क्षेत्रका अन्य चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ।
प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
प्रान्तीय सरकारले पूर्ण उद्धार तथा राहत कार्यहरू सुरु गरिसकको र थप प्रकोप रोक्ने प्रयास गरिरहेको जनाएको छ।सिन्ह्वा
प्रकाशित: २३ असार २०८३ १३:४३ मंगलबार




-600x400.jpg)