४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

जुम्लाको ओदी गाउँमा ज्वरो फैलियो, २८० जनाको स्वास्थ्य परीक्षण

जुम्लाको हिमा गाउँपालिका- २ ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ ।  

ओदी गाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच गरिरहेको छ । हिमा गाउँपालिका प्रथामिक स्वास्थ्य संयोजक रतनबहादुर रावत सहित स्वास्थ्य केन्द्रको टोली त्यहाँ पुगेर जाँच गरिएको हो ।  

स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका ओदी गाउँमा गएको सोमबार अर्थात् साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सक टोली खटाइएको छ । स्वास्थ्य परिक्षण शिविर संचालन गरी ओदी गाउँका स्थानीय र उक्त गाउँमै रहेको नेत्र ज्योती माध्यामिक बिद्यालयमा अध्ययनरत २ सय ८० जना छात्रछात्राहरुलाई स्वास्थ्य परीक्षण गरिएको छ ।

हिमा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई दिने शिविरमा १ सय ५४ जना महिला र १ सय २६ जना पुरुषलाई चेकजाँच गरिएको थियो । उक्त बिरामीहरुको स्वास्थ्य परिक्षण गर्दा भाइरल इन्फेक्सन हुन सक्ने सम्भावना देखिएको शिविरमा संलग्न डा.प्रेम ओलीले बताए । 

उनले थपे,'रोग निदान तथा प्रमाणिकरणका लागि १० जना संम्भावित बिरामीहरुको स्वाब नमूना संकलन गरी परिक्षणका लागि कर्णाली प्रदेश प्रयोगशालामा पठाइएको छ ।'

प्रकाशित: ८ श्रावण २०८२ २१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App