डा गोविन्द केसीले २३ औँ सत्याग्रह धनगढीको मेटा मेडिकल कलेजमा सुरु गरेका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको गुणस्तरिय सुधारसहितका विषयमा दुई दशकदेखि अवाज उठाउदै आएका डा. केसीले गेटामा तत्काल शैक्षिक कार्यक्रम तथा पूर्ण अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
गेटामा श्वास्थ्य विज्ञान विश्वविद्यालय हुने भनिए पनि शैक्षिक कार्यक्रम र अस्पतालका पूर्ण सेवा सञ्चालन नहुदाँ अर्बौका भवण जीर्ण बन्दै गएका छन् ।
‘विभिन्न सरकारसँग बारम्बार सम्झौता भएपनि इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्न र निर्माण सम्पन्न भएको पाँचवर्ष बितिसक्दा पनि कैलालीको गेटामा शैक्षिक कार्यक्रम तथा अस्पताल सेवा सञ्चालनमा कुनै प्रधानमन्त्रीको प्राथमिकतामा पर्दैन’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संख्या कम वा बढी जेजति भए पनि निजी मेडिकल कलेज तथा शिक्षण संस्थाहरु नेता तथा दलका नेता कार्यकर्ताको भएको उनको आरोप छ ।
महंगो उपचार खर्चका कारण प्रत्येक वर्ष लाखौं नेपाली गरिबीको रेखामुनि धकेलिइरहेको उनले बताए ।
गलत रुपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तत्काल सञ्चालनमा ल्याउनेलगायत यसअघि आफूसँग भएका सम्झौता (एकीकृत प्रतिष्ठान ऐन र विश्वविद्यालय पदाधिकारी नियुक्ति उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा, दरबन्दी सम्बन्धिलगायत) कार्यान्वयन गर्नुपर्ने माग डा केसीले अघि सारेका छन ।
यसैगरि लिपुलेकमा भइरहेको अतिक्रमण रोक्दै अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेको नर संहारकारी युद्ध रुस र इजरायलले रोक्नुपर्ने माग पनि डा.केसीका छन् ।
प्रकाशित: १५ भाद्र २०८२ १९:५३ आइतबार





