क्रिस्ट मेडिकल कलेजमा प्रसुतीका लागि पुगेकी मीना राईको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।
अस्पताल परिसरमा पुगेका मृतक राईका आफन्तले तोडफोड र ढुंगा मुढा नै गरेका छन् ।
सुरक्षार्थ खटिएका प्रहरीको संयमताका साथै प्रदर्शनमा सहभागी केहीले अभिभावकीय भूमिका निर्वाह गरी स्थितिलाई नियन्त्रणमा लिइएको छ ।
अस्पताल परिसरमा पुगेका मृतकका आफन्तले मीना राईलाई न्याय दे, हत्यारा अस्पताल बन्द गरलगायतका नारा लगाएका थिए ।
गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले गर्भवतीको ज्यान गएको आरोप आफन्तको छ ।
अस्पतालले अहिलेसम्म कमजोरी स्वीकार नगरेको तथा संवादका लागि नबोाएको आफन्तको आरोप छ ।
प्रकाशित: १० कार्तिक २०८२ १५:१७ सोमबार




-600x400.jpg)
