१८ श्रावण २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

सिभिल अस्पतालमा सिस्टम डाउन हुँदा सेवाग्राहीलाई सास्ती

सिस्टम डाउन भएका कारणले सेवा अवरोध भएपछि निजामती सेवा अस्पताल (सिभिल अस्पताल) मा केहीबेर नाराबाजी भएको छ।

स्वास्थ उपाचारका लागि बिहान ४ बजेदेखि नै ओपिडीको टिकट लिन सेवाग्राही लाइनमा बसेका थिए। बिहान ७ बजेबाट अरु बेला सञ्चालन हुने टिकट काउन्टर नखुलेपछि प्रशासनलाई बुझ्दा सिस्टम डाउन भएको छ भनेपछि सेवाग्राहीले हंगामा गरेका हुन्।

टिकटका लागि बिहानैदेखि अस्पतालमा भिड हुने गरेको छ। टाढाबाट आएका सेवाग्राहीलाई भने सिस्टम डाउनले गर्दा समस्या पैदा भएको छ। प्रशासनले यो समस्या चाँडै समाधान गरी सेवा सुचारु गर्ने जनाएको छ।

प्रकाशित: १८ श्रावण २०८३ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App