१८ श्रावण २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

१५ बुँदे माग राख्दै वीर अस्पताल अगाडि नर्सहरुको प्रदर्शन

सोमबार विभिन्न माग राख्दै नर्सहरूले प्रदर्शन गरेका छन्। न्यूनतम तलब र नर्सिङ क्षेत्र सुधार रोडम्यापको माग गर्दै उनीहरु वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्।

उनीहरुले पाँच दिनदेखि आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाटले राखेकी १५ बुँदे माग पूरा गर्न माग गरेका छन्।

उनका प्रमुख मागहरूमा पर्याप्त नर्सिङ दरबन्दी सिर्जना, न्यूनतम पारिश्रमिकको सुनिश्चितता, ठेक्का तथा करार प्रणालीको अन्त्य, नर्सिङ शिक्षाको गुणस्तर सुधार तथा विभेदकारी कानुनी व्यवस्थाको अन्त्य रहेका छन्।

त्यस्तै, सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सबै नर्स र मिडवाइफलाई सरकारले तोकेबमोजिमको सेवा–सुविधा उपलब्ध गराउने, वैज्ञानिक बिरामी–नर्स अनुपातका आधारमा दरबन्दी कायम गर्ने तथा नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन यथाशीघ्र निर्माण गर्नुपर्ने लगायत माग रहेका छन्।

प्रकाशित: १८ श्रावण २०८३ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App