१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अस्पतालको जग्गा संरक्षणमा जुट्यो मन्त्रालय

फाइल।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सरकारी अस्पतालको जग्गा दुरुपयोग र अतिक्रमण रोक्ने तयारीमा जुटेका छन्।

विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य प्रयोगशालाको जग्गा अतिक्रमणमा परेको गुनासो आएपछि संरक्षणका लागि पहल थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा स्वास्थ्य केन्द्रका नाममा रहेको जग्गाको विवरण सात दिनभित्र पठाउन परिपत्र गरेको छ।

मन्त्री पौडेलले अतिक्रमणमा परेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका नाममा रहेको जग्गा संरक्षणका लागि पनि पहल गरेका छन्।

अतिक्रमित जग्गामा केन्द्रकै सेवा विस्तार गर्नेगरी तयारी अघि बढाइएको छ। देशैभरबाट सरकारी अस्पतालको जग्गा अतिक्रमणमा परेको गुनासो आएपछि कतिपय अस्पताल, प्रयोगशालाको जग्गाको यकिन विवरण प्राप्त नभएकाले कारबाही प्रक्रिया अघि बढाउन समस्या देखिएकाले सात दिनभित्र विवरण पठाउन भनिएको हो।

यकिन विवरण संकलन गरेर संरक्षण अभियानमा लाग्ने मन्त्रालयको योजना छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय सरकारअन्तर्गतका अस्पतालहरुको जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे।

प्रकाशित: १३ श्रावण २०८२ २१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App