१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। 

गत शनिबार भएको घटनाको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षकको राजीनामा माग गरेका थिए। माग पूरा नभएपछि उनीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्। 

नारायणी अस्पतालमा कार्यरत करिब ७० जना चिकित्सकमध्ये ३० जनाले सोमबार राति करिब १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका थिए। सोमबार साँझसम्म ६० देखि ६५ जना चिकित्सकले राजीनामा दिएको बताइएको छ। 

चिकित्सकहरूले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न, दोषीमाथि कडा कारबाही गर्न तथा घटनाको जिम्मेवारी लिँदै प्रमुख जिल्ला अधिकारी र एसपीले राजीनामा दिनुपर्ने माग गरेका छन्। 

उनीहरुले आफ्ना माग पुरा नभए आन्दोलनलाई देशव्यापी बनाइने र आवश्यक परे देशभरका चिकित्सकले समेत सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। 

शनिबार नारायणी अस्पतालमा भएको घटनामा चिकित्सकमाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएपछि स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्।  

प्रकाशित: १२ श्रावण २०८३ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App