२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ। साउनयता हालसम्म उनीहरूको मृत्यु भएको हो।

जनस्वास्थ्य कार्यालयकाे अनुसार भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाका एक, राप्ती नगरपालिकाका दुई र कालिका नगरपालिकाका एकजनाकाे मृत्यु भएकाे छ। पछिल्लो पटक खैरहनी वडा नम्बर ४ की महिलाको यो रोगका कारण मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले बताए।

जिल्लामा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखापरेको छ। त्यसमध्ये १० महिला र सात पुरुष छन्। उनीहरूमध्ये १५ वर्षमुनिका तीन,  १५ देखि ६० वर्षभित्रका पाँच र ६० वर्षमाथिका नौ जना छन्। सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले बताए।

सङ्क्रमितमध्ये भरतपुरका सात जना छन्। मृत्यु भएकामध्ये ८९ वर्षका एक, ८१ वर्षका एक र ७० वर्षका दुई छन्। एक जना ३९ वर्षीय र अर्का एक जना ४२ वर्षका रहेको उनले बताए।

यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे घरबाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ।

 यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ। धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले बताए।

प्रकाशित: २२ आश्विन २०८२ १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App