१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता

विश्व मुटु दिवसको अवसरमा रौतहटमा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ। चन्द्रपुर हस्पिटल प्रालिले गरेको खुल्ला दौड प्रतियोगितामा १६ देखि ५० वर्षसम्मका २५० भन्दा बढीले सहभागिता जनाएका छन्।

चन्द्रनिगाहपुरमा रहेको आयोजक अस्पतालदेखि सन्तपुरमा अवस्थित घोडहीदेवी मन्दिरसम्म गरिएको दौड प्रतियोगितामा प्रतियोगीको रुपमा दौडमा सहभागीको रुपमा धेरैले भाग लिएको जनाइएको छ। प्रतियोगीसँगै विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, विद्यार्थी, व्यवसायीहरुको पनि सहभागिता रहेको थियो।

अस्पतालका प्रमुख डा.सुबास चौधरीले पछिल्लो समयमा मुटुरोगीको संख्या बढ्दै गएकोले दैनिक जीवनमा व्यायाम तथा खेलकुदलाई समावेश गरिनुपर्ने र धूमपान तथा मद्यपान त्याग गरिनुपर्ने जानकारी सहभागी सबैलाई गराएका छन्। मुटुरोगीले आहारविहार र व्यायाममा ध्यान दिन सके ८० प्रतिशत आकस्मिक मृत्युलाई रोक्न सकिने डा.चौधरीको भनाइ छ।

प्रतियोगितामा प्रथम हुने अमित ठाकुरलाई डिजिटल ब्लड प्रेसर मेसिन तथा गिफ्ट, दोस्रो हुने चन्द्रन कुमार चौधरीलाई म्यानुअल ब्लड प्रेसर मेसिन र तेस्रो हुने राम प्रवेश चौधरीलाई प्राथमिक उपचारको बक्स सेट प्रदान गरिएको डा.चौधरीले जानकारी गराएका छन्।

प्रकाशित: १३ आश्विन २०७९ ११:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App