coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

थप ३ सय जनामा संक्रमण पुष्टि, ३ लाख ५९ हजार बढीले कोरोनाविरुद्धको खोप लगाए

पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो।

एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.६ प्रतिशत छन्। हाल सक्रिय संक्रमितको संख्या दुई हजार चार सय ५७ जना छ। यस्तै आज कोरोना भाइरसको संक्रमणबाट कसैको पनि निधन भएको छैन। हाल पाँच सयभन्दा बढी संक्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर छ।

संक्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन्। यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, आइसियुमा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ। पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन्। 

प्रकाशित: २१ भाद्र २०७९ १२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App