coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप ९३४ जनामा संक्रमण पुष्टि, एकको मृत्‍यु

आज नेपालमा एकैदिन थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो घण्टामा कोरोना संक्रमणबाट एक जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सोमबार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २३ श्रावण २०७९ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App